सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

‘यो मेरो गलाको माला जिम्मेबारीको भारी हो’ भन्ने महसुस गरेको छु :  शान्ता चौधरी

बिहिबार, मंसिर १ २०७९

दाङ । शान्ता चौधरी नेपालकी समाजसेवी तथा राजनीतिकर्मी हुन्। उनी नेपालको पहिलो संविधानसभामा सदस्य थिइन्। उनी नेकपा एमालेबाट समानुपातिक कोटाबाट सभासद चुनिएकी थिइन्।

दाङ, लक्ष्मीपुर निवासी २७ वर्षीया शान्ता चौधरी आठ वर्षको कलीलो उमेरदेखि २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेकी सभासद चौधरी त्यसपछि विद्रोह गरी सामाजिक कार्यमा सक्रिय भएकी थिइन् ।

उनै शान्ताले एमालेको राजनीतिमा जोडिएर धेरै जिम्मेवारी नेतृत्व लिनसकिन् । एमाले सचेतकको जिम्मेवारीदेखि हाल एमालेकी पोलिटब्यूरो सदस्यसमेत रहेकी शान्तालाई एमालेले दाङ–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

उनी यतिबेला चुनावी प्रचारका क्रममा मतदाताको घरदैलोमा छिन् । हरेक गाउँवस्तीमा पुग्दा त्यहाँका मतदाताले उनको गलामा मालको भारी पहिराएको देखिन्छ ।  ‘यो मेरो गलाको माला जिम्मेबारिको भारि हो भन्ने महसुस गरेको छु ।’ उनले भन्ने गरेकी छन् ।  थारू बहुल देउखुरी र घोराही मात्र भएर होइन राष्ट्रियता र देशको समृद्धिको पक्षमा एमालेले लिएको विचार र योजनाका काराण आफ्नो जित हुनेमा उनी ढुक्क छिन् । गठबन्धन के का लागि भयो र कस्को स्वार्थमा काम गरिरहेको छ भन्ने कुरा जनताले नजिकबाट नियालिरहेको उनको तर्क छ ।

उनको प्रतिस्पर्धा एमाले फुटेर बनेको एकीकृत समाजवादी एवं हालका मन्त्री मेटमणि चौधरीसँग हुँदैछ ।  मेटमणी गठबन्धनका साझा उम्मेदवार समेत हुन् ।