सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

समृद्ध काभ्रेको सपना साकार पार्न काभ्रेली मतदाताले अत्याधिक मतकासाथ जिताउँछन् : बाँस्कोटा

बिहिबार, मंसिर १ २०७९

काठमाडौं । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ । 
निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेदवार र राजनीतिक दलले चुनावी प्रचारलाई प्रसारलाई तीब्र बनाएका छन् ।

यतिबेला राजधानीको नजिकको जिल्ला काभ्रेपलाञ्चाेकको चुनावी गतिविधि पनि निक्कै तातेको छ ।  पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र पनि यहि पर्छ ।

एमालेले काभ्रे निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभामा रेशम लामा, प्रदेश सभामा दिलिप तामाङ र चन्द्र लामा, निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभामा गोकुल बाँस्कोटा, प्रदेश सभामा कुमार खकुरेल र कुमार थापालाई उम्मेदवार बनाएको छ ।

नेकपा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनले सबल, समृद्ध, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको पूर्वाधारयुक्त जिल्ला निर्माण गर्ने योजना पास गरेको थियो । एमालेको धुलिखेलमा सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयनसँगै जिल्ला निर्माणमा खाका तयार गरेर अघि बढेकाे एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले बताए।

यतिबेला एमाले काभ्रे पनि यही खाका र उम्मेदवार लिएर मतदाताको घरदैलोमा पुगेको छ । 

काभ्रे क्षेत्र नं २ राष्ट्रिय चासोको क्षेत्रमध्ये एक हो, जहाँ नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा उम्मेदवार बनेका छन् ।

315600301_182138597698178_1693699404667194854_n.jpg

चुनावी प्रचारप्रसारका क्रममा पुर्वमन्त्री बाँस्कोटा यतिबेला आफ्नो क्षेत्रमा घरदैलो अभियानमा छन् । राष्ट्रिय स्वाभिमानको रक्षा, समृद्ध काभ्रेको सपना साकार पार्न र काभ्रे जिल्लाको समग्र विकास चाहाने काभ्रेली मतदाताले आफूलाई अत्याधिक मतकासाथ जिताउनेमा उनी ढुक्क छन् । उनले भने, ‘काभ्रेलगायत देशभरका निर्वाचन क्षेत्रमा जनताको सुखदुःखलाई नजिकबाट नियाल्ने पार्टी एमालेका उम्मेदवारले जित हासिल गर्दै बहुमतका साथ सरकार बनाउनेमा कुनै तागतले रोक्न सक्दैन ।’

काभ्रे– २ मा चुनावी जीत दोहोर्‍याउने लक्ष्यका साथ बाँस्कोटाले दिनदिनै घरदैलो लगायतका कार्यक्रम गरिरहेका छन् ।

315701948_182613040984067_3013751910394696965_n.jpg

बाँस्कोटा आफूले गरेका विकास निर्माणका उल्लेख्य कामका कारण मतदाताले पुनः निर्वाचित गराउने ढुक्क छन् । आफू निर्वाचित हुनु अघिका यहाँका समस्या र अवस्था त्यसपछि आफूले निर्वाचन जितेपछिका आफ्नो पहलले भएका विकास नै आफ्नो विजयको पहिलो आधार हुने उनको तर्क छ । यसअघि अन्य पार्टीलाई भोट हाल्ने हजारौं मतदाताले पनि आफ्नो पहलमा भएको विकास र परिवर्तन देखेर यसपटक आफूलाई मत हाल्ने बचन दिएको उनले बताए । पार्टी भन्दा पनि जिल्लाको विकासका लागि आवश्यक व्यक्ति संसदमा पठाउनु जिल्लावासीको दायित्व भएको उनले बताए ।

साथै उनले समृद्ध काभ्रेली नमुना काभ्रेको अवधारणालाई मूर्तरुप प्रदान गर्न विगतमा गरेको पहलकदमीहरूलाई निरन्तरता दिन पनि आफूले जित्नु पर्ने दाबी गरे । आगामी दिनमा पूर्वाधार विकास, औद्योगिक, कृषि, प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन लगायतका क्षेत्रको विकासका लागि योजना निर्माण गरेर अघि बढ्ने उनले सुनाए ।

315886987_182613110984060_1105984151019027393_n.jpg

एमालेले जिल्लामा आगामी ५ वर्षभित्र १ हजार किमी सडक कालोपत्रे गर्ने, काभ्रे उपत्यकालाई राजधानीको विस्तारित तर योजनाबद्ध नयाँ केन्द्रको रुपमा विकास गर्ने, बनेपा, धुलिखेल र पनौतीमा स्मार्ट सिटी निर्माणको कामलाई तदारुकताका साथ समयमै सम्पन्न गर्ने, भक्तपुर–पाँचखाल सुरुङ्गमार्ग निर्माणको कार्यलाई प्राथमिकतामा राख्ने, पाँचखाल नगरपालिकाभित्र रहेको झिगुखोला करिडोरको निर्माण गर्ने, मण्डनदेउपुर नगरपालिकाको चाखोला करिडोर निर्माण गर्ने, नमोबुद्ध, रोशी, पनौती लगायत स्थानका सम्भाव्य करिडोर क्षेत्रमा व्यवस्थित पूर्वाधारसहितको बस्ती व्यवस्थापन गर्ने, डाँडापारी, कोशीपारी, तेमाल, रोशी, मण्डन लगायतका क्षेत्रहरूको सडक र पूर्वाधारको विकास गर्ने, जिल्लाका विभिन्न स्थानमा आवश्यक पुलहरूको सर्भे गरी निर्माण गर्न, जिल्लामा ५ हजार सिट क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण गर्ने योजना बनाएको छ । 

 एमालेले शुरु गरेका आयोजनाहरूको पूर्णता तथा स्थिर सरकार र विकासको गतिका लागि काभ्रे निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभामा रेशम लामा, प्रदेश सभामा दिलिप तामाङ र चन्द्र लामा, निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभामा गोकुल बाँस्कोटा, प्रदेश सभामा कुमार खकुरेल र कुमार थापालाई उम्मेदवार बनाएको छ ।

315897310_182613937650644_1058765760968570111_n.jpg

एमालेबाट उम्मेदवार बनेकाहरूमध्ये बास्कोटा र चन्द्र लामाले यस अघि निर्वाचित भई जिल्लाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् भने रेशम लामा समानुपातिक सूचीबाट राज्यमन्त्री भएका थिए । दिलिप तामाङ, कुमार खकुरेल र कुमार थापा नयाँ अनुहार हुन् ।

 

तस्वीर : गोकुल बाँस्कोटाको फेसबुकबाट