काठमाडौँ – नेपाल राष्ट्र बैंकले ४० करोड रुपैंयाँ बराबरको संस्थागत निक्षेप लगानी गर्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६७ दिने मुद्धती निक्षेपको रुपमा २०७९ मंसिर आठ गतेदेखि २०८० मंसिर नौं गतेसम्मको लागि लगानी गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
लगानी गरिने कुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि ३२ करोड, विकास बैंकहरुको लागि छ करोड र फाईनान्स कम्पनीहरुको लागि दुर्ई करोड रुपैयाँ छुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर एक गते सम्ममा नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।