सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन्: पौडेल

मंगलबार, कार्तिक २९ २०७९

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताए । ‘शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्’, वरिष्ठ नेता पौडेलले भने, ‘प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ ।’ उनले कांग्रेसलगायतका गठबन्धनका दलले आवश्यकताअनुसार प्रचण्डलाई गोरखा पठाएको बताए ।

वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै यहीँ गठबन्धनले मात्रै अब राष्ट्रलाई समृद्धिको दिशामा लैजाने बताए । ‘हँसिया हथौडासँग डराउनु पर्ने अवस्था छैन’, उनले भने, ‘रुखले हँसिया हथौडालाई भोट हाल्नुस्, यहींबाट राष्ट्रिय एकता सुरु हुन्छ ।’ उनले प्रचण्डले निर्वाचन जितेर गएपछि देशको नेतृत्व गर्नसक्ने बताए ।