काठमाडौं,नेप्सेमा हरियाली छाएको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार भने २१ दशमलव २९ अंकले बढेर १९ सय चार दशमलव ४५ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दशमलव ५१ अंकले बढेर तीन सय ७५ दशमलव चार अंकमा पुगेको छ । दुई सय २६ वटा कम्पनीहरुको १७ हजार सात सय ६५ पटकको कारोबारमा २४ लाख ५२ हजार ८४ कित्ता सेयर किनबेच भएका छन् भने आज कुल कारोबार रकम ९४ करोड ६० लाख ८९ हजार पाँच सय २१ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहरुको कारोबार हुंदा सबै समुहहरुको सुुचक बढेर नेप्सेमा हरियाली छाएको छ । आज बाँणिज्य बैंक समुहको सुुचक चार दशमलव ६० अंकले बढेर १३ सय ३६ दशमलव ३८ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ७३ दशमलव २६ अंकले बढेर तीन हजार चार सय दशमलव १७ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ३९ दशमलव ९१ अंकले बढेर १९ सय ६३ दशमलव ६८ अंकमा पुगेको छ भने जिवन बीमा समुहको सुचक पनि एक सय १७ दशमलव एक अंकले बढेर आठ हजार नौं सय ५१ दशमलव ३४ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा तारागाउँ रिजेन्सी होटल परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लक्ष्मी इक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।