काठमाडौ, भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुन १३ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह दुई बजेसम्ममा बोलकबोलका माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
जारी मिति कात्र्तिक २८ गते तोकिएको ट्रेजरी बिल खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने राष्ट्र बैंकको भनाई छ । सो दिन बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको नौं अर्ब ८५ करोड ५० लाख रुपैंयाँको रहेको । यि ट्रेजरीहरुको परिपक्क हुने अवधि भने क्रमशः २०७९ मंसिर २७ गते, २०७९ फागुन दुई गते र २०८० जेठ दुई गते तोकिएको छ । यि सबै ट्रेजरीहरु पुरानो नविकरण अन्तर्गतको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही कात्र्तिक २१ गते पनि १८ अर्ब १० करोड रुपैंयाँको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकको भनाई छ ।