झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालबालिका युवादेखि ज्येष्ठ नागरिकसमेतले सेल्फी खिच्दै रमाएका छन् ।
हिजो दमकको पार्कमा सुरक्षाकर्मीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो। प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मिति मङ्सिर ४ गते नजिकिँदै गर्दा चुनावी रौनकले सबैतिर छाएको थियो ।

राजनीतिक दलका नेता कार्यकर्ता र स्वतन्त्र उम्मेदवारहरू कतै खेतबारीमा त कतै भजनकीर्तन भएको ठाउँमा गएर मतदातासँग मत माग्ने र प्रभाव पार्ने काम गरिरहेका छन्।

यसैबीच अध्यक्ष ओलीले आजका तीन सेल्फी भन्दै तीन तस्वीर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
ती सेल्फीमा खिचेका तस्बिर कस्ता होलान् भन्दै उनले जिज्ञासा समेत व्यक्त गरेका छन् ।