काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा आमसभा गर्दैछ ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राप्रपाले आज काठमाडौंमा आमसभा गर्न लागेको हो ।
चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो ।
राप्रपाले काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्ने जनाएको छ ।
उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र अभिनेत्री मनिषा कोईरालाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।