सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

हिमाली भूभागमा हिमपातको सम्भावना, सावधानी अपनाउन आग्रह

शुक्रबार, कार्तिक २५ २०७९

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । हिमाली क्षेत्रमा हिमपात सुरु हुन थालेपछि महाशाखाले यस्तो अपिल गरेको हो ।

महाशाखाका अनुसार आज हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी  भूभागका एक/दुई स्थानमा हल्का वर्षाको पनि प्रक्षेपण गरिएको छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी  भूभागका एक/दुई स्थानमा हल्का वर्षा र  मुलुकका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

महाशाखाका अनुसार शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । मुलुकका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।