सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

नेप्सेमा उच्च अंकले गिरावट

बिहिबार, कार्तिक २४ २०७९

सुचक तथा कारोबार रकम दुबै घटे

काठमाडौं, नेप्से उच्च अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से २३ दशमलव ५२ अंकले घटेर १८ सय ९३ दशमलव ७० अंकमा पुगेको छ भने सेन्सिटिभ पनि चार दशमलव १७ अंकले घटेर तीन सय ७२ दशमलव ३७ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय २६ वटा कम्पनीहरुको २२ हजार तीन सय ९८ पटकको कारोबारमा ३१ लाख १४ हजार छ सय ८९ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ११ करोड ९४ लाख ६१ हजार चार सय ११ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से रातम्मै भएको छ । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव २१ अंकले घटेर १३ सय ३७ दशमलव शुन्य आठ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४१ दशमलव १८ अंकले घटेर १९ सय ४४ दशमलव २२ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ८८ दशमलव ५४ अंकले घटेर सात हजार पाँच सय ४५ दशमलव ४५ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, जीवन बीमा, ट्रेडिङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मन्दाकिनी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपरहेवा खोला हाईड्रो पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।