सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

आज कति छ सुनचाँदीको बजार भाउ ?

बिहिबार, कार्तिक २४ २०७९

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ स्थिर रहेको छ । बुधबारको तुलनामा बिहीबार सुनको  भाउ स्थिर रहेको हो । 

यसअघिकै मूल्य अर्थात प्रतितोला ९५ हजार ४०० रुपैयाँमै छापावाल सुन र ९४ हजार ९०० रुपैयाँमा तेजावी सुनको कारोबार भइरहेको छ ।
यता चाँदीको भाउ भने बुधबारको तुलनामा आज सामान्य घटेको छ  । बिहीबार चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । बुधबार प्रतितोला एक हजार २९५ रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार भने घटेर एक हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।