सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

हत्या अभियोगमा पक्राउ

बुधबार, कार्तिक २३ २०७९

धनकुटा । छथर जोरपाटी गाउँपालिका–३ काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बु छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी छथर जोरपाटीबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।