सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एमाले अध्यक्ष ओली फेरि सुदूरपश्चिम जाँदै

मंगलबार, कार्तिक २२ २०७९

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाने भएका छन् ।

१८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका अध्यक्ष ओली केही दिन अघि काठमाडौं फर्किएका थिए ।

उनले त्यसपछि एमालेले आयोजना गरेको पोखरा, स्याङ्जा र बागलुङलगायतका चुनावी सभालाई सम्बोधन गरिसकेका छन् ।

एमाले अध्यक्ष ओलीले २६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्वोधन गर्न जाने भएका हुन् ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार अध्यक्ष ओलीले २६ कात्तिक बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

ओलीले कात्तिक १८ गते पनि दार्चला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गरेका थिए ।

हामीले बदल्यौं देशको नक्सा,
अब फर्काउनु छ भूमि !
आउनुहोस् – हातमा हात, साथमा साथ मिलाऔं !

भन्ने उद्घोषका साथ ओलीले सुदूरपश्चिमका चुनावी सभालाई सम्बोधन गर्न लागेका हुन् ।