काठमाडौं । नेपाल सूनचाँदी व्यवसाय महासंघले सोमबार सुनचाँदीको मूल्य घटेको छ ।
महासंघका अनुासार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाला सूनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार १२ सय ६५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।