सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

 मौसम पूर्वानुमान : एक/दुई स्थानमा बदली र हल्का वर्षाको सम्भावना 

सोमबार, कार्तिक २१ २०७९

काठमाडौं । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

 मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।