सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

घरदैलोमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

आइतबार, कार्तिक २० २०७९

काठमाडौं । नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारलाई तिब्र पारेको छ । 

पार्टीले आसन्न मंसिर ४ को निर्वाचनका लागि आफ्ना पार्टीबाट उम्मेदवारी दिएकाहरुलाई बहुमतले जताउन आग्रह गर्दै चुनावी प्रचारप्रसारलाई तिब्र पारेको हो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेकाा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल स्वयं उपस्थित भइ घरदैलो अभियानलाई तिब्र बताएका हुन् । 

एमालेको तर्फबाट प्रदेश सदस्यका लागि दीपक निरौला र नारायण सिलवालले पनि चुनावी प्रचारप्रसारको कार्यक्रमलाई तिब्रता दिएका छन। निर्वाचन आयोगले तोकेको सीमामा रहेर आफूले चुनावी प्रचारप्रसार गरेको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ । उनले नेकपा एमालेले गरेका कामहरुबाट आम नागरिकहरु खुशी भएको चुनावी प्रचारप्रसारका क्रममा नागरिकहरुबाट प्राप्त प्रतिक्रियाले जनाएको बताए । 

उनीहरुले पोखरेले यसअघि ५ वर्षमा गरेको कामबाट आफुहरु सन्तुष्टि रहेको बताउँदै अब पनि सोही क्षेत्रमा पोखरेललेनै जित्नुपर्ने बताए । उनीहरुले पाखेरेलले जितेर आएपछी बाँकी रहेका काम पनि पूरा गर्ने आशा व्यक्त गरेका छन् ।

घरदैलोमा रहेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले आफ्नो जीवन जनताको सेवा रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

2.jpg

‘म विजयी भएर आएपछि बाँकी रहेका विकास निर्माणका काम पूरा गर्नेछु । जनताको घरदैलोमा रहेका पोखरेलले भने, मेरो पूरै जीवन तपाईहरूको सेवामै हाजिर छ ।’

Capture.JPG

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचनमा सहभागी विभिन्न राजनीतिक दलहरुले आफ्नो प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन् । नेकपा एमालेसहित, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले पनि आफ्ना विभिन्न ५ वर्षे एजेण्डाहरु लिएर जनतामाझ भोट माग्न गइरहेका छन् । पार्टीका शीर्ष नेताहरुको विभिन्न जिल्ला दौडधुप बढ्दो छ । निर्वाचन आयोगले आयोगको निर्वाचन आचारसंहीता भित्र रहेर पार्टी र उम्मेदवारहरुले याली, गोष्ठी, सेमिनार, सभा गर्न पाउने उल्लेख गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले निर्वाचन आचारसंहीताको उल्लंघन गरे कारबाहीको भागिदार बन्ने पनि निर्वाचन आयोगले बताएको छ ।