बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेले दार्चुलाबाट निर्वाचन अभियान सुरु गर्दै

शुक्रबार, कार्तिक १८ २०७९

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुदूरपश्चिमको दार्चुलाबाट निर्वाचन अभियान सुरु गर्दैछ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलंगामा आज आयोजित निर्वाचन सभालाई सम्बोधन गर्दै अभियान शुभारम्भ गर्न लागेका छन् ।

दार्चुलाको सभालाई सम्बोधन थर्न अध्यक्ष ओली बिहीबार राति १० धनगढी आइपुगेका छन् । आज बिहान ११ बजे हेलिकोप्टर मार्फत दार्चुला पुग्ने र कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।