काठमाडौँ – काठमाडौँको काठमाडौं महानगरपालिका–२४ बसन्तपुरमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुरको मध्यपुरठिमी नगरपालिका–४ नयाँठिमी जनआदर्श क्याम्पस नजिक डेरा गरी बस्ने दोलखा जिरी नगरपालिका–३ घर भएकी ६० वर्षीया तारा भुजेल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । मोरङको बेलबारी नगरपालिका–५ माथिल्लो कसेनी टोल बस्ने ४४ वर्षीय कृपराज मगर सोही ठाउँस्थित नालीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको झापा गाउँपालिका–३ घाँटीस्थित सानो कन्काई नहरमा सोही ठाउँ बस्ने ६१ वर्षीय अम्बर बहादुर राई मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।