मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

एमालेको घोषणापत्र :  आगामी ५ वर्षभित्र जीडीपी १०० खर्ब रुपैयाँ पुर्‍याउने (पूर्णपाठसहित)

बुधबार, कार्तिक १६ २०७९

काठमाडौं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । 

उक्त घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन ९जीडीपी० १०० खर्ब रुपैयाँ पुर्‍याउने दाबी गरिएको छ । 

अहिले करिब ४८ खर्ब जीडीपी रहेको भन्दै यसलाई वृद्धि गरेर १०० खर्ब रुपैयाँ पुर्‍याउने एमालेले दाबी गरेको हो । 

‘हालको करिब रु. ४८ खर्बको कुल गार्हस्थ उत्पादन ९जीडीपी०लाई आगामी पाँच वर्षभित्र रु। १०० खर्ब पुर्‍याउनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ । 

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला