मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

मृत अवस्थामा फेला        

मंगलबार, कार्तिक १५ २०७९

काठमाडौं, काठमाडौं, टोखा नगरपालिका–८ बानियाँटार गैरीगाउँ डेरा गरी बस्ने काभ्रे घर भएका २५ वर्षीय पासाङ लामा आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं, शंखरापुर नगरपालिका–५ खोरियास्थित खोल्सामा सोही नगरपालिका पालुबारी बस्ने ७५ वर्षीय माईला परियार सोमबार मृत अवस्थामा फेला परेका छन् । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ बस्ने ५४ वर्षीया मिना लिम्बु सोही ठाउँस्थित काबेली नदिको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । आइतबार दिउँसोदेखी हराएकी उनको प्रहरी चौकी थेचम्बुबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्न क्रममा उनको शव फेला पारेको हो ।

सिरहाको लहान नगरपालिका–२२ पटेर्वास्थित हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–४ गोपाल धर्मशालाको बाहिरी कम्पाउण्डको छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।