मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

आज यी प्रदेशका विभिन्न भूभागमा वर्षा हुनसक्ने

मंगलबार, कार्तिक १५ २०७९

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसारपश्चिमी वायुको सामान्य प्रभावका कारण देशका केही भूभागमा वर्षाको सम्भावना  रहेको छ ।

आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भभागका एक(दुई स्थानमा हल्का वर्षा हुनसक्ने आँकलन गरिएको छ ।

राति प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।