मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

थ्रेसर मेसिनमा परी मृत्यु

मंगलबार, कार्तिक १५ २०७९

कञ्चनपुर : शुक्लाफाटा नगरपालिका–४ असैनास्थित से.१ त ४९३८ नम्बरको ट्याक्टरको थ्रेसर मेसिनमा धान चुट्ने क्रममा मेसिनमा परी सोही ठाउँ बस्ने ४७ वर्षीया सिमना रानाको शनिबार राति घटनास्थलमै मृत्यु भएको छ । 

ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।