शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

प्राधिकरण एयरपोर्टका महाप्रवन्धकको मनपरी

आइतबार, कार्तिक १३ २०७९

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रवन्धक प्रेमनाथ ठाकुरको अत्याचारले सीमा नाघेको गुनासो कर्मचारीले गुनासो गरेका छन । उनले अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका विमान पार्किङ्ग गर्दा कार्यालयको नियम बिपरीत अनावश्यक रूपमा शुल्क असुल गरेर दुःख दिने गरेको पीडितहरूले बताएका छन् ।

आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि उनले मनपरी ढंगले शुल्क असुलेर विमान कम्पनीलाई दुहुनो गाई बनाएको आरोप विमानस्थल कार्यालयमा कार्यरत कर्मचारी लगाएका छन । अन्तर्राष्ट्रिय उडानबाट नेपाल आएका यात्रुहरूको लगेज चेकचाँजका नाममा महाप्रवन्धक ठाकुरकै निर्देशनका कारण ढिलाई हुँदै आएको बताइन्छ । कार्यालयका कर्मचारी यात्रुहरूलाई छिटो छरितो सेवा दिने भन्दा पनि अनावश्यक दुःख दिएर  रकम असुल गर्ने गरिएको गुनासो बाहिर आएको छ ।

उता, ०७९ भदौ १८ गते दुवईबाट नेपाल आएका र कालोसूचीमा रहेका सुनसरी घर भएका ३० वर्षीय रिजवान आलमलाई पनि महाप्रवन्धक ठाकुरकै योजनामा भगाइएको तथ्य बाहिर आएको छ । उनकै योजनामा मुस्लिम आयोगका अध्यक्ष सलिम मियाँ अन्सारीलाई भीआइपी कक्षमा राखेर केही समयपश्चात आलमलाई भगाइएको थियो । जबकि भीआपीको साँचो विमानस्थलका महाप्रवन्धकसँग मात्रै रहने गरेको बताइन्छ ।

आर्फैसँग चावी हुँदा हँुदै  भीआइपी कक्षवाट कसरी आलम उम्किन सके भन्ने प्रश्न उठेको छ । महाप्रवन्धक ठाकुर र अध्यक्ष अन्सारीको गोप्य योजनामा नै आलमलाई भगाइएको समाचारहरू बाहिर आएका छन । तर यो आरोप स्वीकार गर्न ठाकुर तयार छैनन । छानविन समिति गठन गरिएको छ । त्यसले दिने प्रतिवेदनपछि मात्र वास्तविकता बाहिर आउँछ । त्यसकारण अहिले  यो बिषयमा थप केही नवोलौ जीएम ठाकुरले साँघुलाई बताए ।

आलमलाई ०७८ चैत १० गते अध्यागमन कार्यालयले कालो सूचीमा राख्न भनेको थियो । चैत २७ गते अदालतले आरोपित आलमलाई पक्राउ पुर्जी जारी गरेको थियो । साँघु साप्ताहिकबाट