काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन् ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा अन्तर्गतका चुनावी तयरी लागि एमाले अध्यक्ष ओली गृह जिल्ला झापा चार दिनसम्म रहने भएका छन् ।
एमाले अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
जसअनुसार आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानिय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
आजै अध्यक्ष ओलीले आजै क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरीअध्यक्ष ओलीले अपरान्ह ४ बजे क्याम्पस मोडमा दमक स्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरुसँग अन्तरक्रिया र सम्बोधन गर्नेछन् ।
आजै दिउँसो १ बजे एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ३ अन्तर्गत भद्रपुरको सिटी गार्डेनमा एमाले–राप्रपा सम्युक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने एमाले प्रदेश नं. १ सचिवालय सदस्य सोमनाथ पोर्तेलले जानकारी दिए । उक्त कार्यक्रमलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले समेत सम्बोधन गर्दैछन् । झापा ३ मा लिङ्गदेन र नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेले राप्रपाका उम्मेदवार लिङ्गदेनलाई समर्थन गरेको छ ।
यसैगरी अध्यक्ष ओली १४ कात्तिक बिहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।