बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

झापाको बाह्रदशीमा एमाले र राप्रपाको वडा स्तरिय संयुुक्त कार्यकर्ता भेला सम्पन्न

बिहिबार, कार्तिक ३ २०७९

झापा  । झापाको बाह्रदशी नेकपा एमाले र राप्रपाको वडा स्तरिय संयुुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटी बाह्रदशी ३ का संयोजक वीरेन्द्र राजवंशीको अध्यक्षता तथा प्रतिनिधि सभा उम्मेदवार राप्रपा राष्ट्रिय अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बिशेष अतिथिहरु प्रदेश सभाका उम्मेदवार  छबिलाल चुडाल, नेकपा एमाले केन्द्रीय सदस्य हरिबहादुर राजवंशी, राप्रपा केन्द्रीय सदस्य रामकुमार राजवंशी, प्रेमकुमार श्रेष्ठ नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य  सोमनाथ पोर्तेल, सदस्य  जीवनकुमार श्रेष्ठ रहेका थिए ।

रागजढ राधाकृष्ण मन्दिरको सभा हलमा भएको उक्त कार्यक्रममा दुबै पार्टीका नेताहरु देवेन्द्र श्रेष्ठ ,कमला कार्की राजवंशी ,पिबि राजवंशी ,ओमनारायण राजवंशी , लक्ष्मण पाठक, गोपाल हेमरम, तोयानाथ पोखरेल, घनेन्द्र ढकाल, नरेश चुडाल, गंगाप्रसाद अधिकारी , पृतम धमला, बिरेन्द्र राजवंशीसमेतको उपस्थिति रहेको थियो ।

भेलामा राजेन्द्र प्रसाद लिङ्देन, हरि राजबंशी, रामकुमार राजबंशी, सोमनाथ पोर्तेल, छवि चुडालले शुभकामना मन्तब्य राखेका थिए ।

राप्रपा वडा कमिटी अध्यक्ष सनमान कार्कीले स्वागत गरेकाे सो भेलाको सञ्चालन नेकपा एमाले कि नेतृ मिरा भुर्तेलले गरेका थिए ।

झापाको ३ नम्बर क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनमा एमालेले राप्रपालाई र प्रदेशमा राप्रपाले एमालेलाई सघाउने तालमेल भएको छ ।