बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नेपाल इन्भेष्टमेन्ट बैकको एटिएम ह्याक गरी पैसा निकाल्ने बिदेशी पक्राउ

सोमबार, चैत्र २१ २०७३

काठमाडौ चैत २१ 
नेपाल इन्भेष्टमेन्ट बैकको एटिएम बुथबाट अनाधिकृतरुपमा रकम निकाल्ने बिदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–१ दरबारमार्ग स्थित ईन्भेष्टमेन्ट बैंकका एटीएम बुथ बाट एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा ३२ बर्षिय रशियन नागरिक भोसिल एलेक्स सोसनोभलाई प्रहरीले पक्राउ गरेको हो । 
पक्राउ परेका एलेक्सको साथबाट प्रहरील एटीएम कार्ड ५४ थान, (एचय क्ष्लखभलत ढघद्दछ लेखिएको कार्ड एटीएम बुथमा अड्किएको अवस्थामा भेटिएको ), १ हजार दरका नोट  १ सय ३४ थान, ५ सय दरका नोट २७ थान, १ सय दरका ४ थान, ५० दरका नोट ९ थान गरी १ लाख ४८ हजार ३ सय ५० रुपैयाँ र मोवाइल समेत बरामद गरेको छ । यस सम्बन्धमा आवस्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।