बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

महिला साफ च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै

सोमबार, असोज ३ २०७९

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा घरेलु टोली नेपाल र बंगलादेश भिड्ने छन् ।

महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनल भिड्न लागेका हुन्। यसअघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो।

पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो। नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ।

हालसम्म नेपालले बंगलादेशसँग ८ खेलमा प्रतिस्पर्धा गरेको छ। जसमा नेपालले ६ जित र दुई बराबरी खेलेको छ। महिला साफमा भने नेपालले ३ खेलमा तीनै खेल जितेको छ।

इतिहासले नेपाल बलियो देखिएपनि यस पटक बंगलादेशको टोली उत्कृष्ट लयमा रहेको छ। प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो। बंगलादेशले भुटान पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।