बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

 विद्युत प्राधिकरणमा कर्मचारी माग, सह–निर्देशकदेखि मिटर रिडरसम्म

शुक्रबार, भाद्र ३१ २०७९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कर्मचारी माग गरेको छ । प्राधिकरणले आजको गोरखापत्रमा सूचना जारी गर्दै विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।

उक्त परीक्षा लोकसेवा आयोगबाट लिइने छ। प्राधिकरणले सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको छ ।

प्राधिकरणले एक सहनिर्देशक, तीन प्रबन्धक, तीन उपनिर्देशक, दुई उपप्रबन्धक, एक चार्टट अकान्टेन्ट र दुई सहायक प्रबन्धक मागेको छ ।

योग्यता पुगेका उम्मेदवारले असोज २० सम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिर्नेले २७ असोजसम्म दरखास्त दिन सकिनेछ । प्राधिकरणले गरेको उक्त आह्वानको विज्ञापन जको गोरखापत्रमा हेर्न सकिन्छ ।