बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सुमार्गीको नेतृत्वमा ६०० युवा कोरिया र इजरायल जाने

शुक्रबार, भाद्र ३१ २०७९

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् कृषि उधम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीको नेतृत्वमा नेपाल सरकार,कोरिया,इजरायल र विभिन्न संघसंस्थासंग सहकार्य गरेर देशभरका किसानलाई उत्साहित बनाउने नयाँ नयाँ योजनाहरु अघि सारिएको छ । त्यसैको सफलता स्वरुप पहिलो चरणमा ६०० युवाहरु कृषि सम्बन्धि ज्ञान आर्जनका लागि कोरिया र इजरायल जान लागेका हुन् l

सुमार्गीकै सक्रियताका कारण ६०० जान नेपाली युवाहरु कृषि सम्बन्धि ज्ञान आर्जनका लागि कोरिया र इजरायल जाने भएको छन् l जिल्ला वाणिज्य महासंघको सिफारिसमा कोरियामा ५ सय र इजरायलमा १ सय गरी ६ सय जना कृषि प्रशिक्षार्थी पठाउन लागिएको हो l

जिल्ला-जिल्लाका वाणिज्य महासंघहरुलाई आर्थिक र दिगो रुपमा बलियो बनाउने उद्देश्यका साथ जिल्लाकै सिफारिसमा पठाउने र छनोटका क्रममा उठेको दस्तुरमध्ये केही रकम जिल्ला उद्योग वाणिज्य संघलाई दिने योजना रहेको सुमार्गीले बताए। 

सुमार्गीको नेतृत्वमा कृषि उद्यम केन्द्रले नेपाल सरकार,कोरिया,इजरायल र विभिन्न संघसंस्थासंग सहकार्य गरेर देशभरका किसानलाई उत्साहित बनाउने नयाँ नयाँ योजनाहरु अघि सारिएको छ । त्यसैको सफलता स्वरुप पहिलो चरणमा ६०० युवाहरु कृषि सम्बन्धि ज्ञान आर्जनका लागि कोरिया र इजरायल जान लागेका हुन् l

कति हुने छ कमाई ?

यस्ता प्रशिक्षार्थीले ५ महिनाको भिसा पाउनेछन् । हवाइ भाडा, बीमा, स्वास्थ्य परीक्षण र बायोमेट्रिक गरी जम्मा २ लाख ५० हजारको हाराहारीमा खर्च हुनेछ । 

हप्तामा ५ दिन प्रतिदिन ८ घण्टाका दरले काम गर्नुपर्नेछ । प्रतिमहिना १९ सय डलर तलब पाउनेछन् । हरेक दिन बिहान र बेलुका २/२ घण्टा ओभरटाइम काम गर्ने र सो वापत भत्ता पाउने गरी सम्झौता हुन लागेको सुमार्गीले जनाए । ओभर टाइम गर्दा प्रतिघण्टा ८ डलरका दरले भत्ता पाइनेछ ।

त्यस्तै, बिदा हुने शनिबार र आइतबार पनि काम गर्ने छुट रहेको र उक्त दिन काम गर्दा ओभरटाइम सरह भत्ताको प्रवन्ध रहेको सुमार्गी बताउँछन् ।