बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

फुटपाथ व्यापारीले गरे आन्दोलन : फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग 

बिहिबार, भाद्र ३० २०७९

काठमाडौं  । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाविरूद्ध प्रदर्शन गरेका छन् । 

काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध  नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको छ । 

जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले महानगरपालिकामा समेत घेराउ गरे ।

उनीहरुले फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै प्रदर्शन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका थिए ।

सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका थिए ।