जनकपुरधाम । एक समय मधेश विरोधीका रुपमा अफवाह फैलाइएका एमाले अध्यक्ष केपी शर्मा ओलीको यति बेला मधेशमा क्रेज बढेको छ ।
एमालेलाई मधेश विराधी प्रचार गरेर मधेशको मत बटुल्ने कांग्रेस, मधेशीदल र माओवादीको योजना विस्तारै फितलो मात्र होइन होइन मधेशी जनता यति बेला एमाले प्रति आकर्षित भएका छन् । वितेका केही वर्ष यता मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको संख्या बढ्दै गएको छ ।

साेमबार मात्र एमाले अध्यक्ष ओलीले जनता समाजवादी पार्टी (जसपा) का दुई सांसदलाई एमालेमा प्रवेश गराए । ओलीले जनकपुरमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुही नाज र प्रदेश २ सभा सदस्य अञ्जुकुमारी यादव एमालेमा प्रवेश गराए । रामउदिन राम, शम्भु साहसहित कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव लगायत सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरे ।
नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लोेकतान्त्रिक समाजवादी पार्टीका नेताहरू आफ्ना करिव दुईहजार कार्यकर्ता, समर्थकसहित नेकपा (एमाले) मा प्रवेश गरेका थिए ।

अध्यक्ष ओलीले नागरिकता विद्ययेकका विषयमा एमाले प्रति गलत अफवाह फैलाएको भन्दै जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने विद्ययेक तुरुन्त संसदमा पेश गर्न सरकारलाई चुनौती समेत दिए ।
जनकपुरधामको एतिहासिक तिरहुतिया गाछी मैदानमा नेकपा धनुषाले आयोजना गरेको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गठबन्धन सरकारले जन्मसिद्व नेपाली नागरिकको हितमा भालि नै विद्ययेक ल्याइए एमालेले मतदान गर्ने बताए ।

अध्यक्ष ओलीले आगामी निर्वाचनले देश, लोकतन्त्र, विकासप्रति समर्पित सरकार दिन सक्नुपर्ने बताए ।
कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्रको रक्षा र देशमा विकासको अभियान चलाउनका लागि एमालेलाई जिताउन जनतासँग आग्रह गरे ।
अध्यक्ष ओलीले नागरिकताको सवालमा अन्य दलहरूले एमालेविरुद्ध भ्रम छर्न खोजेको भन्दै एमाले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने पक्षमा रहेको बताएका थिए ।

उनले नेपाली काँग्रेस र माओवादी केन्द्रले भ्रमको राजनीति गरिरहेको भन्दै अध्यक्ष ओलीले नेकपा एमाले त्यस्तो खेती नगरी जनतालाई सचेत र संगठित बनाएर अघि बढ्न चाहन्छ भने ।

गठबन्धन विकास, समृद्वि र जनताको हितका लागि नभई पार्टी टिकाउन, सरकार बनाउन र पैसा कमाउन मात्र रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै एमाले नेता अग्नि खरेलले एमालेको प्रधानमन्त्रीको एक मात्र उम्मेदवार अध्यक्ष ओली रहेको बताउँदै गठबन्धनको प्रधानमन्त्री को ? भन्दै बताउन चुनौती दिए ।

यसैगरी एमाले नगरकमिटी जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारी नेतृत्वको समूहले ओलीलाई २ सय ५ किलोको फुलमाला लगाएर स्वागत गरेको थियो ।
अध्यक्ष ओलीलाई सयौंका संख्यामा रहेका मधेशी जनताले एयरपोर्ट पुगेर फूलमाला र खादाले स्वागत गरेका थिए ।
