बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कालो झण्डा देखाउनेलाई रिहा गर्नुस् : अध्यक्ष ओली

मंगलबार, भाद्र २८ २०७९

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाउँदा पक्राउ परेकालाई रिहा गर्न आग्रह गरेका छन् । जनकपुरमा सोमबार आउँदा ओलीलाई कालो झण्डा देखाएको आरोपमा केही पक्राउ परेका थिए ।

तर, ओलीले उनीहरूलाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका हुन् । जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका सबैलाई रिहा गर्न आग्रह गरेका हुन् ।

गलत सूचनाका आधारमा उनीहरू कालो झण्डा देखाएको भन्दै ओलीले उनीहरूलाई तत्काल रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका हुन् ।