बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

चोलेन्द्रशमशेरसँगको बयान आजै सक्ने सिफारिस समितिको तयारी

सोमबार, भाद्र २७ २०७९

काठमाडौं  । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि महाअभियोग सिफारिस समितिले बयान लिँदैछ ।

आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको छ । अब आठ प्रश्न बाँकी छ । समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोस्टर तयार पारेको थियो । आजै सबै प्रश्न सोधेर समितिले प्रतिवेदन संसदमा बुझाउने छ । 

प्रतिनिधिसभाको कार्यकाल केही दिन मात्र बाँकी रहेकाले समितिले सोमबार नै बयान लिने काम सक्ने भएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार समितिले प्रतिवेदन लेखनको काम पनि जारी रहेकाले चाँडै प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने छ । त्यसपछि संसदमा जबराविरुद्धको महाअभियोग प्रस्ताव निर्णयार्थ पेस गरिने छ ।

उनीमाथिको महाअभियोग पास हुन एमालेको साथ चाहिन्छ । एमालेले के गर्छ अझै निर्यौल भएको छैन । एमालेले जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव अघि बढाउने काममा ढिलाई भएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।