बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध प्रदर्शन हुनु उदेक लाग्दो विषय : कमल थापा

सोमबार, भाद्र २७ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध प्रदर्शन हुनु उदेक लाग्दो विषय भएको टिप्पणी गरेका छन् ।

राष्ट्रपतिविरुद्ध काठमाडौंमा नेपाली कांग्रेस निकट विद्यार्थी संघले प्रर्दशन गरेपछि थापाले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्–
प्रत्येक नेपालीले सरलढंगबाट नागरिकता पाउनुपर्छ। जन्मशिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ। तर,विवाह गरेर ल्याएको भोलिपल्टै विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागुहोस् भनि केही युवाहरु सडकमा उत्रिएका देख्दा उदेक लाग्छ। युवाहरु राजनीतिक स्वार्थको गोटि बन्नु हुँदैन ।