काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ । उक्त अवसरमा प्रधानसेनापति शर्माले आज नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गरेका छन् ।
उनले जङ्गी अड्डामा आज आयोजित एक समारोहबीच सकलदर्जालाई सम्बोधन गरेका हुन् ।
सम्बोधनका दौरान प्रधानसेनापति शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समिक्षा गरेका थिए ।
उनले प्राथमिकताका क्षेत्रहरुमा जोड दिंदै आगामी कार्यदिशाका बारेमा सकलदर्जालाई जानकारी गराएका थिए ।
प्रधानसेनापति शर्माले सम्बोधनका दौरान नेपाली सेनाको कफि टेबल बुक र लिडर्स रिडिङ कलेक्सनको विमोचन समेत गरेका छन् ।