काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको हो ।
आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम छ ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि तोलाको ११ सय ५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।