बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाइ गरेकोमा नेविसंघले जलायो पुत्ला

आइतबार, भाद्र २६ २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको छ ।

Capture.JPG

घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा नेविसंघले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्दा विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान समेत भएको थियो।

आज बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो। नेविसंघ आवद्ध विध्यार्थीले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

विद्यार्थीले पुत्ला जलाउँदै नाराबाजी गरेका थिए। त्यसमाथि प्रहरीले हस्तक्षेप गर्दा ढुंगा हानाहान भउको थियो ।