बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कलंकीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना गम्भीर

शुक्रबार, भाद्र २४ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीमा गएराति रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाईते भएका छन् । 

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं बसन्तपुरका ३१ वर्षिय सुनोजमान डंगोल र पछाडी सवार ललितपुर बाडेगाउँका २२ वर्षिय अभिषेक मर्हजन गम्भिर घाईते भएका थिए । 

घाईते दुबैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेकोमा चालक डंगोलको राति पौने २ बजे मृत्यु भएको हो । 

गएराति १ बजे डंगोलले चलाएको प्रदेश ३ ,०२ ००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको बागमति प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो ।

दुबै सवारी साधन र ट्रक चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।