बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अफगानिस्तानमाथि भारतको सहज जित 

शुक्रबार, भाद्र २४ २०७९

काठमाडौं । एसिया कप क्रिकेटको सुपर चारमा भारतले अफगानिस्तानलाई १ सय एक रनले पराजित गरेको छ । 
 
दुबईमा बिहीबार राति भारतले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ११ रनमा समेटियो । अफगानिस्तानका इब्राहिम जाड्रनले सर्वाधिक  ६४ रन बनाए । भारतका भुवनेश्वर कुमारले मात्र ४ रन खर्चिएर ५ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रनको विशाल योगदान बनाएको थियो । भारतका बिराट कोहलीले अविजित १ सय १२ रन बनाए । उनको करियरको ७१ औं शतक हो । त्यस्तै, कप्तान केएल राहुलले सर्वाधिक ६२ रन बनाए । 

एसिया कपको फाइनलमा भने पाकिस्तान र श्रीलंका पुगेका छन् ।  
फाइनल आइतबार हुनेछ ।