बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

डुबेर मृत्यु   

मंगलबार, भाद्र २१ २०७९

काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा डुबेर हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको छ । उक्त तालमा डुबेर अशक्त भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।  

बर्दियाको बढैयाताल गाउँपालिका–८ पशुपतिबजार बस्ने २९ वर्षीय विकास बिकको सोही ठाउँस्थति डडैना नालामा माछा मार्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।