बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सभामुख सिन्धुपाल्चोक-१ बाट उम्मेदवार सिफारिस

सोमबार, भाद्र २० २०७९

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस भएका छन् ।

मङ्सिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा १ नं क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर १ र प्रदेशसभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा सभामुख सापकोटा, फूलम तामाङ र माधव सापकोटा सिफारिस भएका छन् । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद पराजुली, आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ, आदिवासी जनजातिबाटै पूर्णबहादुर तामाङ, दलितबाट गणेश विक र अल्पसङ्ख्यकबाट पार्वती थामी सिफारिस भएका छन् ।