बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाइँदै

सोमबार, भाद्र २० २०७९

काठमाडौँ – कोटेश्वर क्षेत्रमा अनधिृकत रुपमा निर्माण गरिएका संरचना काठमाडौं महानगरपालिकाले हटाउन थालेको छ ।

कोटेश्वरस्थित पूर्वी क्षेत्रको गाडीका काउन्टरहरु रहेको स्थानमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटल लगायतका संरचनाहरु हटाउने काम भइरहेको छ ।

अहिले धमाधम फुटपाथ मिचेर बनाइएको संरचना, बोर्ड हटाइरहेको र अनधिकृत रुपमा निर्माण भएका टहराहरु पनि हटाइने नगरप्रहरीले जनाएको छ ।