बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

हामी सय दिनको दौडमा छैनौं, पाँच बर्षका योजना छन्

आइतबार, भाद्र १९ २०७९

काठमाडौँ – काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले आफूहरु १०० दिनको दौडमा नभई ५ वर्षसम्मका योजनाहरु भएको बताएका छन् ।

आफ्नो कार्यकाल १०० दिन पुगेको सन्दर्भ उल्लेख गर्दै मेयर शाहले आफूहरुको  यौजना ५ वर्षको रहेको र त्यसमा त्यतिबेलासम्म समय गाली र आलोचनामात्रै भए पनि सहन तयार भएको लेखेका छन् ।

‘हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।‘ उनले लेखेका छन् ।