चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ घण्टापछि सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर–२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।
गएराति साढे २ बजे खसेको पहिरो बिहान साढे ८ बजेको समयमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।
निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन निक्कै कठिन भएको थियो । पहिराका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका थिए ।