बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

पशुपतिमा तीज मनाइँदै (फोटो फिचर)

मंगलबार, भाद्र १४ २०७९

काठमाडौँ : हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाइरहेका छन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आइएको छ । भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरूमा नाचगान गरी यो पर्व मनाइन्छ ।

पर्वका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर,डोलेश्वर लगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ । देशभरका शिवालयमा व्रतालु महिलाको भीड लागेको छ ।

p.jpg

a.jpg

s.jpg

उ.jpg

t.jpg

x.jpg

Capture.JPG

Capture.JPG