बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कांग्रेससँगको छलफल लगत्तै राष्ट्रपतिले एमाले नेतालाई छलफलमा बोलाए

सोमबार, भाद्र १३ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का शीर्ष नेताहरू राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शितल निवास जाने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए ।

भण्डारीले नागरिकता विधेयकबारे छलफल गर्न प्रमुख एमालेका नेताहरूलाई शितल निवासमा बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ । साँझ पाँच बजे एमाले शीर्ष नेताहरू शितल निवास पुग्दै छन् ।