काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफू सँगै रहेको स्पष्ट पारेकी छन् ।
सामाजिक सञ्जाल र केही अनलाइन पत्रपत्रिकाले आफू विरुद्ध गलत भ्रम फैलाएको भन्दै उनले स्पष्टीकरण दिएकी हुन् । आफ्नो विषयमा केही अनलाइन मिडियाले भ्रम पैदा गरेको भन्दै उनले प्रतिवादसमेत गरेकी छन् ।
आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उपमेयर सुनिताले अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरको भएकाले कानून कार्यान्वयन गर्ने सबै कार्यमा उपमेयरको हैसियतले आफ्नो साथ, सहयोग र समर्थन रहेको स्मरण गराएकी हुन् ।
यस्तो छ उनको अपील
