बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

गिरीको निधनले नेपाली राजनीतिमा अभावको अनुभूति भयो : प्रचण्ड

आइतबार, भाद्र ५ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा अभावको अनुभूति भएको बताएका छन् ।

गिरिको निधनले स्तब्ध बनाएको बताउँदै प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’ उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन् ।