बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो, पदाधिकारी आज पनि टुंगो लागेन

शुक्रबार, भाद्र ३ २०७९

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विना निष्कर्ष सकिएको छ । पदाधिकारी टुंग्याउने भनिएको

आज बिहानको बैठकले पनि पदाधिकारी टुंग्याउन सकेन । 

प्रवक्ता कृष्णबहादुर महराका अनुसार आसन्न प्रदेश र केन्द्रीय कमिटी बैठकमा केन्द्रित भएको थियो ।
‘पदाधिकारीको विषय, कार्यक्रमको विषयमा विस्तृत र गम्भीर छलफल भयो । तर, पदाधिकारीको विषय अहिलेसम्म मूर्तरूपले टुंगिएन,’ उनले भने, ‘भोलि १ बजे फेरि बस्ने गरी आज टुंगिएको छ । छलफल लगभग टुंगिएको छ । खाली अन्तिम निष्कर्ष मात्रै बाँकी हो ।’

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण आज पदाधिकारी टुंग्याउन नसकिएको उनले बताए ।

भ्रातृ संगठन वाईसीएसलको भेलासहितका विभिन्न्न कार्यक्रममा सहभागी हुन नेताहरु जानुपर्ने भएकाले शुक्रबार पदाधिकारीका विषयलाई थाती राखिएको उनले बताए । 

खासगरी महासचिवको विषयले माओवादीमा पदाधिकारी चयन पेचिलो बनेको छ । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ । दुईजनामध्ये कसलाई रोज्ने भन्ने अप्ठ्यारोमा प्रचण्ड छन् । प्रचण्डले विकल्पको रूपमा देव गुरुङ अघि सार्ने चर्चा छ ।