बागुलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
६ वर्षीया बालिकालाई अपहरण गर्ने खोजेको आरोपमा प्रहरी जवान शंकर आचार्य र जैमिनी नगरपालिका वडा नम्बर ७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । धादिङ घर भई बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा बस्दै आएकी हुन् ।
बालिकालाई गाडीमा राखेर उनका बाबा पसलमा गएको बेला प्रहरी जवान आचार्य र ती महिलाले बालिकालाई बुद्ध विहार तिर लैजाँदै गरेका थिए । स्थानीयले र प्रहरीले उनीहरुलाई रोकेका थिए । दुबै जना मदिराले मातिएका थिए । उनीहरुसँगै अर्का एक प्रहरी जवान समेत सँगै भएको बुझिएको छ ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले अपरण हो होइन भन्ने विषयमा अनुसन्धान थालिएको र मदिरा सेवन गरेका प्रहरी जवानलाई समेत कारबाही गर्ने बताए ।